रियालिटी शो नेपाल स्टारमा चल्यो रुवाबासी

नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रसारण हुदै आएको सिङगिङ रियालिटी शो‘नेपाल स्टार’ टप ६मा पुगिसकेको छ। वाइ वाइ नेपाल स्टार टप ६ प्रतियोगीले पुग्दा पनि दर्शकले वास्तै गरेका छैनन् ।अहिलेसम्म को को बाहिरिए र को को छन् भन्ने कुरा धेरैलाई थाहा छैन।

नेपाल स्टारमा रुवाबासी चल्यो

नेपाल स्टारको टप ६ मा पुगेका प्रतिष्पर्धि अमिन परियारले रियालिटी शोको सुरुवातको बोलेका कुरालाई देखाइएको थियो। उनका बुवा आमा छोराको रियालिटी शो आएपछि निकै रुवाबासी भयो। उनले मलाई हिरामोती गाडी केहि चाहिदैन । यहि स्टेजबाट बुवाआमालाई मैले गीत गाएको देखाउन पाउँ भन्ने जस्ता शब्दले धेरैलाई रुवाएको थियो।

उनका बुवा आमा नै स्टेजमा आएर छोराको त्यो भनाईले निकै भावुक बने। रियालिटी शोका जज तिनै जनाले भावुक बनेर आँसु खसालेका प्रश्ट देखिन्थ्यो। जज अन्जु पन्त र रामकृष्ण ढकाल र आलोक श्री धरधरी रोए । अमिनका कुरा सुनेर अन्य प्रतियोगीहरु पनि रोएको मज्जाले नै देख्न सकिन्थ्यो।

अमिनकी आमा स्टेजमा नै धरधरी रुदैँ ,मेरो छोरोले मलाई धनसंम्पत्ती चाहिन्न, गाडी चाहिन्न ,घर चाहिन्न बुवा आमालाई देखाउन पाए हुन्छ छोरोले भन्यो भन्दै खुसीको आँसुले निकै बेर स्टेजलाई भावुकता बनाईन। उनले आफु कास्की जिल्लाकै भएता पनि पोखरा राम्ररी घुम्न नपाएको दुखेसो पोख्दै,काठमाडौ आउन सक्ने आफ्नो क्षमता नभएको तर्क गरिन। उनका यि शब्दहरुले धेरैलाई बिझेको थियो।