किन नाच्दैछिन् साम्राज्ञी ?


डान्स हजुर डान्स । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको डान्स । झुम बराबर झुम भने जस्तै भयो । किन यस्तो गर्दैछिन् साम्राज्ञी भनेर भनौ ।

लकडाउन भयो लामो समय । फिल्म क्षेत्र खुल्न समय लाग्यो । साम्राज्ञीलाई गाह्रो भयो । विवादमा परिन् । के के भयो भयो । गएको बर्ष २ वटा फिल्म असफल भए । रातो टिका निधारमाले कुनै पनि खुशी दिएन । आलोचना यही बेला, फिल्म फ्लपको तनाव । अर्कोतिर, ब्रेकअपको कुरा । तनाव थिएन त ।

अब, खुशी हुने बेला आयो उनको । कारण, फिल्मको छायांकन बल्ल सुरु भयो । तिम्रो मेरो साथ फिल्मको छायांकन सुरु भयो साम्राज्ञीको । यो फिल्ममा उनी र पुष्प खड्का मुख्य भूमिकामा छन् ।

साम्राज्ञीलाई फिल्मको सेटमा फर्किन पाएकोमा नै खुशी लागेको होला । दिक्क लाग्दो समय सकिएको भनेर पनि होला । खुशी भएपछि ननाचेर के गर्ने । साम्राज्ञी त नाच्न थालिन् । फिल्म हेरेर दर्शक पनि नाचे भने त भैहाल्यो नी ।