टिकट बुकिङका लागि हलमा दर्शकको घुँइचो,भिड नियन्त्रण गर्न हलवालाले गुहारे प्रहरी

फिल्म हलका सञ्चालक तथा कर्मचारी घाम तापेर दिन बिताइरहेका अवस्थामा अचानक हल भरिभराउ हुन थालेका छन्। साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित फिल्म ‘मास्टर’को टिकट बिक्री खुल्ला गरेसँगै दर्शकको भिड लागेको हो। यो भिडले कोरोनाबाट सुस्ताएको फिल्म क्षेत्रलाई पुरानै लयमा फर्काउने निश्चित देखिएको छ।

हिजोबाट फिल्म ‘मास्टर’को टिकट बुकिङ खुलेदिन देखि दर्शकको भीड बढेपछि चेन्नाइको एक फिल्म हलका संचालकले प्रहरीलाई नै बोलाउनु परेको छ । दर्शकले एकमाथी अर्को चढेर टिकट काट्न थालेपछि भिडनियन्त्रण गर्नका लागि प्रहरी बोलाउनु परेको हो। फिल्मको टिकटका लागि दर्शकहरुले सामाजिक दुरी कायम त के गर्ने नै धेरैले मास्क नै लगाएका थिएनन् ।

हल संचालकले काउन्टरबाटै टिकट बिक्री गर्न नसकेपछि अनलाइन सिस्टमबाट टिकट बुकिङ खुल्ला गर्नु परेको थियो। फिल्म भारतका विभिन्न ४ भाषामा रिलिज गरिदैछ । लोकेश कंगाराजको निर्देशनमा बनेको यो फिल्मले अन्य फिल्मकर्ताले पनि हलमा नै रिलिज गर्न हौशला प्रदान गर्ने देखिएको छ। भारतमा कोरोना भाइरसका कारण निकै महिना बन्द रहेका ह लगत अक्टुबर १५ बाट संचालनमा आएका थिए। हल खोलेको लामै समय बिते पनि हलमा दर्शक आउन भने कसेका थिएनन्। हलवालाले ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गरेका छन्।