अनी, संवाद किन छैन ट्रेलरमा ?


फिल्मको सेन्सर भैसक्यो । माघ १ गतेबाट चल्छ फिल्म एउटा यस्तो प्रेम कहानी । फिल्मको टिजर त उहीले आएको हो, चरणवद्ध रुपमा । गीत पनि छोटो आयो ।

फिल्मको सेन्सर भएको भोलीपल्ट मंगलबार आयो ट्रेलर । यसलाई ट्रेलर भन्ने त । ओहो, कसरी भन्ने होला भनेर भनौ ।

फिल्मका सबै कलाकार अटेका छन् ट्रेलरमा । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको दिपेश सापकोटा निर्देशक रहेको ट्रेलर हेर्नुभयो । फिल्मको ट्रेलरमा त एउटा पनि संवाद छैन । यो टिजर हो कि ट्रेलर भनेर भनौ ।

वर्षा राउत, प्रियंका कार्की, शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, संजोग कोइरालाले फिल्ममा संवाद नै बोल्दैनन् । अनी ट्रेलरमा किन लुकाइएको होला कुन्नी । कि, फिल्मको ट्रेलरमा संवाद नहाल्नुको कारण कलाकारको डबिङ नै नभएर हो ? ओहो, के गरेको हो यस्तो ।