दिनेश र मेनुकाको ‘माया काखैमा’

गायक दिनेश क्षत्रीको नयाँ सांगितीक कोसेली ‘माया काखैमा’ सार्वजनिक भएको छ । गीतमा दिनेशलाई गायिका मेनुका परियारको स्वरमा साथ दिएकी छन्। सबिता चिलुवालको शब्द, सुजन लम्सालको संगीत रहेको गीतलाई डोलराज बारघरेले एरेन्ज गरेका हुन् ।

गायक आफैले गीतको भिडियोलाई निर्देशन गरेका छन् भने करण चैशिरको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको छ । भिडियोमा रामजी खाण, सुजन लम्साल, दिनेश क्षत्री, मेनुका परियार, सिताराम परियार लगायतको अभिनय रहेको छ। बासुकी क्रियशनले बजार ब्यवस्थापन गरेको गीतको भिडियोलाई सुजन लम्सालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।