हिन्दी सिरियल ‘अलादिन : नाम तो सुना होगा’मा निरिषा बस्नेत

अभिनेत्री निरिषा बस्नेतले हिन्दी सिरियलमा आउन थालेकी छन्। सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिकामा अभिनय गरिसकेकी निरिषाले सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल ‘अलादिन : नाम तो सुना होगा’ मा अभिनय गर्ने भएकी छन् ।

जसका लागि उनी अनुबन्ध भएकी छन् । अहिले यो सिरियलको छायांकन भइरहेको छ । उनी यो सिरियलमा खलनायकको भुमिकामा देखिन लागेकी छन्। उनी भन्छिन्, ‘म ‘अलादिन’ को हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु । यसमा मैले नकारात्मक चरित्र निभाएकी छु र अलादिनको जीवनमा धेरै अवरोधहरू सृजना गर्नेछु ।’ यो सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।
लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी थिइन् । चिनियाँ युवतीको भूमिकामा उनको अभिनयको भारतीयसँगै नेपाली दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेको थिए । उनले दुइ वर्ष अघि नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । जुन फिल्मले दर्शकको मन जित्न सकेन भने आर्थिक रुपमा पनि कमजोर भयो।