१० महिनापछि नाटकघर खुल्दै , कहाँ के चल्दैछ ?

आजबाट देशभरका आठवटा नाटकघर एकै पटक खुल्दैछन्। १० महिना अघि ‘कोभिड(१९ का कारण बन्द भएका नाटकघरहरु आजबाट खुल्ने भएका हुन् । सरकारले चलचित्र हल खोलेसँगै नाटकघरलाई पनि विभिन्न सुरक्षाका नियम पालना गर्दै फेरि नाटकघरहरु सञ्चालन गर्न अनुमति दिएको छ। गएको आइतबार बसेको मन्त्री परिषदको बैठकले नाटकघर खोल्नका लागि अनुमति दिएको थियो।

नाटकघरमा प्रवेश गर्दाका निययम

हिजो थिएटर हबले एक विज्ञप्ती जारी गर्दै नाटक हेर्नका लागि मापदण्ड तोकेको छ। (माघ १) देखि नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्नेछ । दर्शकले माक्स नलगाएको खण्डमा नाटक हेर्नबाट बन्चित गरिने छ भने नाटकघरमा स्यानिटाइजरको व्यवस्था गर्न भनिएको छ। भौतिक दूरी कायम गरी नाटक मञ्चन गरिनेछ । नाट्य प्रस्तुतिहरु एक घण्टाभन्दा लामो नराख्न आग्रह गरिएको छ।

कहाँ–कहाँ कुन कुन नाटक चल्दैछ

आज माघ १ गतेबाट बत्तीसपुतलीस्थिति शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ नाटक मन्चन हुदैछ । यो आज साँझ ४ बजे मञ्चन हुने नाट्यकर्मी घिमिरे युवराजले जानकारी दिएका छन्। त्यस्तै कौसी थिएटरको प्लेब्याक थिएटरमा भोलिबाट ‘हराउँदै…भेटाउँदै’ नामक नाटक मञ्चन हुदैछ । यो नाटक साँझ ५ बजे प्रस्तुत हुँदैछ । मोफसलमा रहेको अर्थात विराटनगरको झोराहट थिएटरमा बिहानको ८ बजे नाटक कोरोना टाइम्स मञ्चन गरिने भएको छ । यो नाटक भने आइतबार दर्शकले हेर्न पाउनेछन्।

पाँचौं दिन (५ गते) विराटनगरकै आरोहण गुरुकुलमा दिउँसो ३ बजे नमुना र मञ्चनबारे छलफल कार्यक्रम राखिएको छ । नयाँ नाटकलाई कसरी सञ्चालन गर्नसकिन्छ भन्ने विषयमा छलफल राखिएको छ। ६ गते पोखरास्थित पोखरा थिएटरमा नाटक महोत्सव घोषणाको पत्रकार सम्मेलन राखिएको छ । मन्डला नाटकघर लगायतमा भने एक साता पछि कोरोना त्रासकाबिच कसरी नाटक क्षेत्रलाई अगाडी बढाउन सकिन्छ भन्ने अन्तरक्रियाकलापको कार्यक्रम राखिएको छ।