पुरानी भैसक्दा पनि आँचलको नयाँ कै ह्याङ्ग


अभिनेत्री आँचल शर्मालाई त अझै आफू नयाँ बेहुली जस्तै लाग्ने के भनेर भनौ । बिहेपछि भैदियो लकडाउन । लकडाउनले बर्बाद । घरमै गयो समय । फिल्म पनि भएन । म्यूजिक भिडियो बल्ल बल्ल सुरु भएको हो । धेरै त गरिनन् क्यारे उनले ।

आँचल शर्मा अभिनेत्री स्वेता खड्काले दिएको बिहे भोजमा पुगेकी हुन् । उनलाई घरबाट निस्कदा आफ्नै बिहेको महशुश भयो रे त ।

फागुणमा बिहे गरेकी हुन् आँचलले उदिप श्रेष्ठसँग गत बर्षको । १ बर्ष हुन लाग्यो अब त । अझै आफै नयाँ नै छु, भन्ने लागेको होला नी उनलाई ।

आँचल शर्माले सारी लगाएर तयार हुँदा आफ्नै बिहे हुन लागेको, बेहुली नै आफू नै भएको जस्तो भनेर पनि भनिदिइन् । अब सकिएन त कुरा ।

अब त पुरानो भैयो होला नी आँचल । कति बेहुलीकै ह्याङ्गमा । अब आमा बन्ने सुरसार तिर लाग्ने होला नी । आँचललाई अझै आमा बन्ने सोच छैन । समय आएको छैन रे उनको । बिहे खाने रे अझै कलाकारको । सोच सही हो सही ।