बलिउड अभिनेत्री कंगनामाथि चोरीको आरोप

बलिउड अभिनेत्री कंगना रनौतमाथि चोरीको आरोप लागेको छ ।

कंगना रनौतको अपकमिङ फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ अनाउन्समेण्टको केहि घण्टा अगाडि मात्रै विवादमा आएको छ ।

पछिल्लो समय नयाँ चलचित्रको घोषणा गरेकी कंगनाले फिल्मको कथा चोरेको आरोप लागेको हो । ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ नामक फिल्मको घोषणा गरेकी उनीमाथि यही फिल्मको कथा चोरीको आरोप लागेको हो ।

दिद्दाको बायोग्राफी लेख्ने अथर आशीष कौलले कंगनामाथि उनको कहानी चोरेको आरोप लगाएका छन् ।

आशिष कौलले एक अन्तर्वार्तामा कंगनाले आफ्नो कहानी चोरी गरेको बताएका हुन् । कौलले अन्तर्वार्ताका क्रममा आफूमाथि भएको शोषणको लडाइ चलिरहेको बताएका छन् ।

कौलले अभिनेत्रीले आफ्नो कितावको फरवर्ड लेख्नको लागि मेल गरेकी थिइन् । तर उनले आफ्नो कहानी चोरेको घोषणा गरेका छन् ।

कौलले आफ्नो किताब ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’को स्टोरी चोरी भएको बताएका छन् । कंगनाले अचानक फिल्मको घोषणा गरे पनि उक्त कहानीमा आफ्नो कपिराइट रहेको उल्लेख गरेका छन् ।