कंगनाले ‘मणिकर्णिका रिटर्न्स’मा कस्लाई राख्लिन हिरो ?

अभिनेत्री कंगना रनावतले फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को दोस्रो सिक्वेल निर्माण गर्ने भएकी छन्। आफू निर्देशित तथा अभिनीत फिल्मको दोस्रो फिल्ममा फिल्मको नाम ‘मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा’ राखिएको छ ।

अभिनेत्री कंगनाले एक ट्वीट गर्दै लेखेकी छन्, ‘हाम्रो भारतमा झाँसीकी रानी जस्ता कयौं वीरांगनाहरुको कहानी छ । यस्तै एक नसुनेको वीरगाथा हो कश्मीरकी एक रानीको, जसले महमूद गजनवीलाई दुईपटक हराइन् । कमल जैन र म मिलेर ‘मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा’ लिएर आउँदैछौं ।’

कंगनाले फिल्मको नयाँ फिल्मको स्टोरी जैनले लेखेका छन्। यस स्टोरीको यसै जैनसँग बसेर फाइनल गरेकी छन् । उनको यस फिल्मको छायांकन जनवरी २०२२ मा भनिएको छ। फिल्मको लागि को को कलाकार रहनेछन् भन्ने कुरा बाहिर आएको छैन। यस फिल्मका लागि को अभिनेता हुने हो त्यो गोप्य राखिएको भारतिय मिडियाले जनाएका छन्।