अनिश घिमिरेको ‘ओइ प्यारी’मा निशान र एलिनाको स्वर

- मेराेफिल्म

गीतकार अनिश घिमिरेको नयाँ गीत ‘ओइ प्यारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको यस गीतमा गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाज सुन्न सकिन्छ।

गायिका एलिना चौहानकै युट्युवबाट सार्वजनिक भएको गीतलाई युवा संगीतकार अनिल बिरहीले संगीत दिएका छन् । ‘रुमाल चिनो छ, सुन्दर नेपाल ,चाँदनी,इलाम बजार ,हाँस्य खोजे जस्ता सयौँ गीतमा संगीत भरेका अनिलको यो पछिल्लो सार्वजनिक भएको गीत हो। ‘ओए प्यारी’ बोलको गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ।

गीतमा एक प्रेम जोडीको प्रेमिल भाव व्यक्त गरिएको छ। पियारीलाई घरमा बस्न र आफु जन्ती लिएर आउने कुरा गीतमार्फत प्रेमिकालाई गीत मार्फत भनिएको छ।  खोटाङका गीतकार अनिशले गीतको भाव अनुसार नै गायक गायिका चुज गरिएको बताए। उनले भने,‘गीतहरु थुप्रै लेखेको छु। तर, असाध्यै मन परेको शब्दलाई गीत रेकर्ड गरेको हो। दर्शक तथा स्रोताले मन पराइरहनुभएको छ। यसैमा खुसी रहेको छु।’

केहि गीतहरु रेकर्डकै क्रममा रहेको समेत उनले सुनाए।  गीतको म्युजिक भिडियोमा टीका जैसी र अज्ञात सायरले अभिनय गरेका छन्। बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोलाई प्रकाश खड्काले खिचेका हुन्।

 

 

२०७७ माघ ३ गते ११:४६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *