छोरीको फिल्म चल्यो, करिश्मालाई थाहा छैन


फिल्मले बम्पर नै हानिदिएको भए सबै थाहा हुने हो क्यारे । मान्छे आएको नै थाहा नभएपछि फिल्मको चलेको पनि कहाँ हुने हो र थाहा ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको फिल्म आयो हजुर आयो । फिल्मको नाम एउटा यस्तो प्रेम कहानी । फिल्म चल्यो हलमा । तर, फिल्मको प्रतिक्रिया पनि आएन, दर्शक पनि आएनन् । फिल्म चलेको र नचलेको थाहा भएन ।

एउटा यस्तो प्रेम कहानी हेर्न दर्शक आएका छैनन् । कविता मानन्धरलाई त फिल्मको मतलव पनि भएन । फिल्म नै झुर तरिकाले रिलिज भैदिएपछि हुँदैन त खत्तम ।

कविताले स्वेता खड्काको बिहेको भोजमा पुगेको बेलामा फिल्मको बारेमा बोल्नुपर्छ भनेर संचारमाध्यमलाई मतलब नगरेकै हो । अब करिश्मा मानन्धरलाई पनि फिल्म चलेको नै थाहा छैन भनेर भनौ ।

फिल्म चलेको त थाहा भएको होला क्यारे । नचलेपछि थाहा भएन भन्न त पाइयो ।