‘मिस मंगोल’ ज्याङ्मुसँग विवाह बन्धनमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यहि ११ माघमा लगनगाँठो कस्ने भएका छन् । स्रोतका अनुसार मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् ।

ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाहको चर्चा सामाजिक सञ्चालमा चर्किएको छ। केहि समय देखि मुख्यमन्त्री राई र ज्याङ्मुबीच प्रेम चलेको हल्ला बाहिरिएको छ। उनीहरुको उमेरअन्तर निकै फरक छ ।  मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी रहेकी छन्। तर उनको परिवार विदेशमा बस्दै आएका छन् ।

विवाहको अवसर पारेर मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।