मुख्यमन्त्री राईकि हुनेवाली मोडल वेहुली (फोटो फिचर सहीत)

मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बेहुली बन्ने भएकी छन् । राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।

प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी उनले आफ्नो सामाजिक सञ्जालमा केपी ओलीका भिडियो सन्देशहरु शेयर गरेकी छन् ।

मिस मंगाेल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।

मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा सायद पहिलो विवहा हुन लागेको छ ।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले मोडेलिङ क्षेत्रमा सक्रिय रहदै आएकी उनले विभिन्न म्यूजिक भिडिओमा पनि काम गरेकी छिन् ।

‘म्युजिक भिडिओमा पनि अभिनय गरिरहेकी उनी  ११ वर्षमै ‘मिस किड क्विन नेपाल’ मा पनि सहभागी भएकी थिइन्। त्यसयता उनी विभिन्न सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी थिइन्।