‘रङ डेस्टीनेशन’ को ट्रेलरमा यस्तो छ डरलाग्दो सिन

हरर फिल्म ‘रङ डेस्टीनेशन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कलाकार बुद्दी तामाङ, धिरेन शाक्य र छुल्ठिम गुरुङलाई देखाइएको छ। ट्रेलरमा डर ,त्रासमा रुमलिएको कथा प्रस्तुत गर्न खोजिएको छ।

सुगन तन्डुकारको कथा, सीमा गुरुङको पटकथा रहेको यस फिल्मको ट्रेलरमा डरलाग्दो सिन देखाइएको छ । फिल्ममा समिरा तन्डुकार, शर्मिला लामा तन्डुकार, सन्जिल लामा, केन्द्र लिम्बु र जितेन्द्र कार्कीको लगानी रहेको छ । फिल्म ‘रङ डेस्टीनेशन’ लाई फुलमून मोशन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको छ भने सम्राट बस्नेतले निर्देशन गरेका छन्।