रियालिटी शो बिग बोसको सेटमै दुर्घटना, पिस्तालाई भ्यानले किच्यो

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको सेटमै दुर्घटना भएको छ । उक्त दुर्घटनामा बिग बोसकी ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको मृत्यु भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबार राती सलमान खानसँग विकेण्ड वारमा सुटिङ सकेर घर फर्कनेक्रममा सुटिङ सेट पिस्ता दुर्घटनामा परेकी हुन् । अँध्यारोका कारण पिस्ता सवार स्कुटर चिप्लिएको बताइएको छ।

पिस्ता सवार स्कुटर सडकको खाल्डोमा परेर स्कुटर ढलेको थियो। उनी सवार स्कुटर र पिस्तालाई भ्यानिटी भ्यानले किचेर गएको हो। प्रोडक्सन हाउस एण्डेमोल इण्डियाकी कर्मचारी पिस्ताले द भ्वाइस, बिग बोस, खतरों के खिलाडी जस्ता चर्चित रियालिटी शोमा काम गरिसकेकी थिइन्।