रामजीको फिल्म ‘एक लभर’ सार्वजनिक

रामजी ज्ञवालीको निर्देशनमा छोटो फिल्म ‘एक लभर’ सार्वजनिक भएको छ । फिल्ममा नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ ।

रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टाको लामो रहेको छ । फिल्म प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, फिल्मलाई निर्देशक ज्ञवालीले सुखद् अन्त्य गरिदिएका छन् ।

प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जिवन बाँचिरहेका हुन्छन् ।

निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका फिल्म सार्वजनिक गरिसकेका छन् । ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण भएको हो ।