एकसाथ देखिदा कसलाई होला फाइदा ?


उत्साह हो भनेर भनौ यसलाई । फिल्ममा फर्किन पाएको उत्साह । लामो भयो समय । फिल्म क्षेत्र कोममा गयो । खुल्दैछ अब विस्तारै । खुल्न पनि पर्यो । सबैलाई भैसकेको थियो तनाव । साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनेत्रीको कुरा बेग्लै छ । उनलाई पनि थियो तनाव । नहोस् पनि कसरी तनाव । बारम्बार उनी विवादमा आएको हो भनेर भनौ ।

फिल्मको सेटमा आइन् उनी । खुशी साह्रै खुशी । खुशी नहुन् पनि कसरी । काम गर्न पाएको अवस्था हो भनेर भनौ । साम्राज्ञी र अभिनेता पुष्प खड्काले काम गर्ने फिल्म तिम्रो मेरो साथको छायांकन चल्दै छ । के हुँदैछ वुझ्न गाह्रो होइन केही । साम्राज्ञीले धमाधम लुक, फोटो, सबै सार्वजनिक गरेकी छिन् ।

साम्राज्ञी र पुष्पले मारुनी पछि काम गरेका हुन् । फिल्मबाट दुबैलाई जस्तो सोचेको हो फाइदा त्यस्तो भएन । अब यो फिल्म छ । दुबै खुशी छन् फेरि काम गर्न पाउँदा । मारुनीमा काम गरेको बेला भन्दा पुष्प खड्काको चर्चा माथि छ । साम्राज्ञी र पुष्पलाई एकसाथ काम गर्दा फाइदा कसलाई ? कि निर्मातालाई हुने हो फाइदा ?