अभिनेता विरुद्ध दर्ता भयो एफआईआर

अभिनेता महेश मांजरेकरलेमाथि झापड हानेको आरोपमा एफआईआर दर्ता भएको छ । महेश मांजरेकरमाथि थप्पड हानेको र गालीसमेत गरेको आरोपमा एफआइआर दर्ता भएको हो।

जनवरी १५ ताका अभिनेताले कार दुर्घटनापछि एक व्यक्तिलाई थप्पड हानेका थिए। जस अनुरुप पुणेको यावत प्रहरी स्टेशनमा महेशविरुद्ध एफआईआर दर्ता गरिएको हो । निर्देशन, लेखनदेखि फिल्म निर्माणसम्मको काम गरेका महेश आफ्नो फिल्म भने नेगेटिभ भूमिकाको अभिनयले बढि चर्चामा रहेका छन्। यसबारेमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।