विवाह बन्धनमा बाँधिदै अभिनेता सुशिल

अभिनेता सुशील सिटौला फागुन ४ गते विवाह बन्धनमा बाँधिने भएका छन् । सिटौलाले दमककी प्रतिमा मैनालीसँग लगनगाँठो कस्न लागेका हुन् । उनको प्रतिमासँग गत पुस ४ उनको इन्गेजमेन्ट गते भएको थियो प्रतिमासँग पारिवारिक सहमतिमा परम्परागत रुपमा विवाह गर्न लागेका हुन्।
फिल्म ‘होस्टेल रिर्टन्स’बाट अभिनयमा डेब्यु गतेका सुशीलले पछिल्लो समयमा फिल्म ‘रणवीर’ अभिनय गरेका थिए। ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘गाँजाबाजा’, ‘चिनी कम रंग कडा’ लगायतका फिल्ममा सुशीलले काम गरिसकेका छन् ।