‘डिसेम्बर फल्स’को आज गरियो शुभसाइत

फिल्म ‘डिसेम्बर फल्स’को आज शुभसाइत गरिएको छ । पोखराको बिन्दवासिनी मन्दिरबाट फिल्मको शुभसाइत गरिएको हो । फिल्मका निर्माण टिमले मन्दिरमा पुजाआजा गर्दै भोलिबाट छायांकन थाल्ने बताएका छन्।

आगामी साउन साउन १ गतेबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुने भनिएको फिल्मलाई प्रबिण झाले निर्देशन गर्दैछन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माताका रुपमा रहेका छन्। फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराइ लगायतका कलाकारको मुख्य भूमिका रहने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्मलाई बीपीका खनालले लेखेको हुन् भने कथामा केदार भुसालको छ। साथै उनैले पटकथा र सम्वाद तयार पारेका हुन्। फिल्मलाई महेश आर गुप्ताले छायांकनको जिम्मेवारी समालेका छन् । यो फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो।