डा. डीआरको ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ ।  प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतको अन्जु सुनार तथा सन्दिप सुवेदी फिचरिङ  गरिएको छ । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखि सकेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।