तिहारमा साहिदको ‘जर्सी’ रिलिज गर्ने तयारी

अभिनेता साहिद कपुर अभिनित फिल्म ‘जर्सी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म नोभेम्बर ५ तारिख अर्थात अर्को वर्षको तिहारमा रिलिज हुने पक्का भएको छ । अभिनेता साहिद कपुरले सामाजिक संजालबाट इन्स्टा तथा अन्यबाट फिल्म तिहारमा रिलिज हुन लागेको बताएका छन् ।

तिहारको समयमा एक सातासम्म बिदा हुनेहुदा फिल्मको प्रदर्शन मिति तिहारको छेकोमा पारिएको हो। यसैले पनि यो समयमा फिल्म प्रदर्शन गर्न निर्माताहरु हानथाप नै हुनेगर्छ।

साहिदको फिल्म‘जर्सी’ले एक क्रिकेटरको असफल कथाको बारेमा प्रस्तुत गर्नेछ। एक युवकमा जर्सी मोहका लागि ३० बर्षपछि मैदानमा फर्किएको एक क्रिकेटरको रोचक कथा फिल्मले बोल्ने छ। फिल्ममा म्रुनाल ठाकुर र पंकज कपुर लगायतको मुख्य भूमिका छ ।