नयाँ फिल्म हेर्न पनि हलमा आएनन् दर्शक

गत बिहिबार रिलिज भएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ले हलमा दर्शक पाउन सकेन । विदाकै दिनदेखि फिल्म रिलिज गरिए पनि दर्शक हलमा आउन सकेनन्।

लकडाउनपछि पहिलो नयाँ फिल्म रिलिज गरेर दर्शक हलमा तान्ने हलवाला र फिल्मकर्मीको सोचाई अधुरो रहेको छ। फिल्म चलेको दिन अर्थात बिहिबार मल्टिप्लेक्स हलले ‘एउटा यस्तो प्रेम कहानी’लाई राम्रो शो उपलब्ध गराएका थिए । त्यहि दिन दर्शकको खडेरी लागेपछि शुक्रबारदेखि शोको संख्या कम गरिएको थियो ।

फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठ जस्ता कलाकारको अभिनय रहेको छ। यो फिल्मसँगै बलिउड फिल्म पनि प्रदर्शनमा आएको थियो। बलिउड फिल्म मास्टरले भने केहि दर्शक तान्न सफल भएको छ।