माधवको काउन्टर भूवनलाई हो ?


फिल्म क्षेत्रमा के के हुन्न भनेर भनौ नी त । जे पनि हुन्छ । हिजोसम्म मिलेका फिल्मीकर्मी पछि दुश्मन । सुरु हुन्छ काउन्टर । त भन्दा म के कम । तलाई त सक्छु नै ।

यस्ता कुरा सामान्य नै भए । निर्माता माधव वाग्लेको कुरा भनौ । माधव वाग्लेलाई निर्देशक बन्ने जोश चलेको हो । बनाउन आटे पारस । अनमोल केसी लियो भने फाइदा होला भनेर पुगेका हुन् भूवन केसीको घरमा । भूवन के कम । राम्रो कथा आयो बनाउने हो म पनि भनेर लागे । पछि कथा नै भूवन केसीलाई माधवले सुम्पिए ।

माधवको मनमा थियो पक्कै केही । भूवनले फिल्म किनेपनि मनमा त भूवनप्रति उनी सकारात्मक छैनन् । उनी फिल्म बनाउन लागे फेरि । नाम राखे हिमानी ।

दुबै फिल्मका पात्र पूर्व यूवराज र पूर्व यूवराज्ञीको कथामा अभिनय गर्दैछैनन् । दुबैको कथामा पात्र अरु हुन् । तर, भयो के भन्दा पारस भूवनले बनाए म हिमानी बनाउँछु भनेर लागेका छन् माधव । पारस भन्दा पहिला छायांकन सुरु गर्न पनि के बेर । काउन्टर हजुर काउन्टर ।