हिमानीसँग जोडिए फिल्म लुटका निर्माता

फिल्म‘लुट’ निर्माण गरेर निर्माताको रुपमा चर्चा कमाएका माधव वाग्ले हिमानीमा जोडिएका छन्। गत सातामात्रै फिल्म ‘पारस’बाट हात झिकेका वाग्लेले फिल्म‘हिमानी’को तयारीमा जुटेका छन्। पारसको सम्पुणै जिम्मा अभिनेता तथा निर्माता भूवन केसीलाई सुम्पदै बाहिरिएका थिए।
फिल्म ‘हिमानी’ विकास बोर्डमा नाम दर्ता गराइसकेका माधवले फिल्म आगामी चैतबाट छायांकनमा जाने जानकारी दिइसकेका छन्। उनले निर्माण गर्न लागेको फिल्म महिला केन्द्रित रहने बताएका छन्। फिल्मा प्रेम, रोमान्सका सार्थ सस्पेन्स राखिने पनि उनले जानकारी दिएका छन्।

माधवले चलचित्रका लागि कलाकार कोही पनि फाइनल नभएको बताए । उनले, विकास बोर्डमा दर्ता गर्दा भने कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख गरेका छन् । तर, बोर्डमा चलचित्र दर्ता गर्दा कलाकारको नाम समावेश गर्नुपर्ने भएकाले आफूले नजिकका कलाकारको नाम समावेश गरेको माधवले बताए ।

माधवका अनुसार, उनले केही दिनमै चलचित्रका लागि कलाकार अडिसनबाट छनोट गर्ने तयारी गरेका छन् । चलचित्रको नाम ‘हिमानी’ भएपनि यसले पूर्व यूवराज्ञी हिमानी शाहको जीवन कथा नबोल्ने उनको भनाई छ । उनले भने–‘नाम हिमानी भएपनि यसको कथा काल्पनिक हो । कसैको जीवनसँग मेल खाँदैन ।’