‘ताण्डव’ विवादले सैफअली र करिना कपुरलाई तनाव

वेव सिरिज ‘ताण्डव’ विवादमा परेपछि अभिनेता सैफअली खान र अभिनेत्री करिना कपुरलाई तनाव सिर्जना आइपरेको छ। उनीहरुको ज्यानको असुरक्षा महसुस गर्दै घर अगाडि प्रहरीले सुरक्षाको पहरा दिइरहेको छ।

यो सिरिजमा अभिनेता खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण तनावमा छन्। सिरिजलाई लिएर प्रदर्शनकारीहरुले सैफको घर अगाडि प्रदर्शन गर्ने संभावना बढेपछि प्रहरीले सुरक्षा खटाएका छन्।

अभिनेत्री करिना कपुर भने घरमै छिन् भने सैफ घर बाहिर छन्। भारतीय जनता पार्टीका विधायक राम कदमले मुम्बइको घाटकोपर प्रहरी चौकीमा सिरिजको मेकर्सको विरुद्धमा उजुरी दर्ता गराएका छन् । सिरिजका निर्देशकले जानेर नै हिन्दु देवताको मजाक उडाएको उनको आरोप छ।