‘गायक गायिकालाई आइन्दा गालि गलोज नगरुँन भनेर हस्ताक्षर गरे’ – गायक राजेश पायल

केहि दिन अघि विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीले गायक प्रमोद खरेललाई गालि गलौज तथा मान हानी गरेको आरोपमा गायक प्रमोद सहित ५७ जना गायक गायिकाहरुले हस्ताक्षर सहित महानगरीय प्रहरी परिसर टेकुमा कारबाहीको माग राखेका थिए।

उनीहरुको उजुरीका आधारमा विन्दवासिनीकी सिइओ लीना रेग्मी शर्मालाई प्रहरीले पक्राउ गर्यो। सामाजिक सञ्जालमा उनको समर्थक र विरोध गर्ने सञ्जालकर्ता देखिए । यसमा गायक मेगास्टार गायक राजेश पायल राइले विन्दवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी विरुद्धको गाली गलौज विरुद्ध हस्ताक्षर गरेका थिए।

तर, अर्को समातिएपछि यस विषयमा गायक राजेशपायलले आफ्ना भनाईहरु राख्दै आफ्नो हस्ताक्षर विन्दवासिनी म्युजिक कम्पनी र लिना रेग्मी शर्मा विरुद्ध नभएको स्पष्ट पारेका छन्।  उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै , आफ्नो हस्ताक्षर लीना रेग्मी विरुद्ध नभएर विन्दवासिनीका सञ्चालक सुवास रेग्मी विरुद्ध रहेको थियो।

गायक गायिकाहरुलाई सामाजिक सञ्जालमा तथानाम गाली गर्दै आएको खबर सुनेपछि उसलाई कानुनी दायरामा ल्याउनका लागि मैले हस्ताक्षर गरेको थिए तर प्रहरीले लीनालाई पक्राउ गर्यो।’ सामाजिक सञ्जालमार्फत आफ्नो लिना जि र विन्दवासिनीसँग कुनै लेना देना नरहेको स्पस्ट पारेका छन्। ‘यस विषयमा जो अन्यायमा परेको भए पनि उसले न्याय पाउनुपर्यो ? चाहे प्रमोद खरेल होस् चाहे लिना,’राजेशले भने ।