बलिउड अभिनेत्री मौनी राय चाँडै नै विवाह गर्ने योजनामा

बलिउड अभिनेत्री मौनी रोय अब छिटै नै विवाह बन्धनमा बाधिँने भएकी छन् ।

उनको विवाहको समचारले सामाजिक संजाल तातेको छ । उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन् । दुवै पछिल्लो केही समयदेखि एकअर्काेसँग डेटमा रमाउदै आएका थिए ।

मौनी लकडाउनको सुरुको समयदेखि नै दुवईमा बस्दै आएकी छिन् । उनी सामाजिक संजाल मार्फत फ्यानसँग पर्सनल जीवनका बिषयहरु समेत शेयर गर्ने गर्दछिन् । केही दिनयता आफ्नो प्रेम सम्बन्ध खुलासा गर्दै सुरज र उनको परिवार संगको तस्वीरसमेत सार्वजनिक गरेकी हुन् ।

मौनीले सुरजसँगको प्रेम सम्बन्धको बारेमा इन्स्टाग्रामबाट अफिशियल गरिदिएकी हुन् । उनले सुरज र उनका परिवारको साथमा सामाजिक सञ्जालमा फोटो पनि शेयर गरेकी थिइन् ।

उनले सुरजको आमाबुबालाई ममी, ड्याडी भनेर सम्बोधन समेत गरेकी थिइन् । उनका नजिकका ब्यक्तिका अनुसार उनी छिट्टै विवाहको प्लानिङ गर्दैछिन् ।

मौनी सुरजसँग भन्दा पहिला गौरव चोपडा र मोहित रैनासँग प्रेम सम्बन्धमा थिइन् ।

मौनी छिट्टै फिल्म ‘ब्रहास्त्र’मा समेत देखिदैछिन् । यो फिल्मका उनको अलवा आलिया भट्ट, रणवीर कपुर र अमिताभ बच्चनको समेत मुख्य भुमिका रहेको छ ।