वेभ सिरिज ‘ताण्डव’ विवाद : डाइरेक्टरले माफी मागे

वेब सीरीज ताण्डवलाई लिएर भारतमाहंगामा मच्चिएको थियो । यसैबीच ताण्डवका डाइरेक्टर अली अब्बास जफरले माफी मागेको खबर बाहिरिएको छ । उनले एक लेटर ट्वीट गरेका छन् ।

अमेजन प्राइमको वेबसिरिज ‘ताण्डव’का निर्देशक अलि अब्बास जफरले माफी मागेका छन्। उनले मानिसहरुको भावनामा चोट पुगेको भन्दै बिना शर्त माफी मागेका हुन्।

अलिले कुनै पनि धर्म वा जाति, समुदायमा चोट पुर्याउने अभिप्राय नभएको उल्लेख गरेका छन्। वेब सीरीजमा धार्मिक भावनालाई आहत गर्नु टीमको उद्देश्य नभएको बताइएको छ । साथै कसैको भावनामाथि ठेस लागेको भए क्षमाप्रार्थी रहेको बताइएको छ ।

‘हामी ताण्डवलाई आइरहेको दर्शकहरुको प्रतिक्रिया नजिकबाट नियालिरहेका छौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘सूचना तथा प्रसारण मन्त्रालयसँग भएको छलफलका क्रममा हामीलाई ठूलो मात्रामा आइएको गुनासो र प्रतिक्रियाका बारेमा बताइयो, जहाँ मानिसहरुको भावनामा ठेस पुगेको भनिएको थियो।’

सिरिज बनाउनुको उदेश्य कसैको भावना र आस्थामा ठेस पुरयाउने नभएको उल्लेख गरिएको छ । सिरिज कल्पनामा आधारित भएको भन्दै कुनै व्यक्ति या घटनासँग मिल्ने भएमा यो संयोग मात्र हो भनिएको छ ।

ताण्डव एक काल्पनिक कथा भएकाले कुनै व्यक्ति वा घटनासँग मिल्नु संयोग मात्रै भएको पनि उनको भनाइ छ। ‘कास्ट वा क्रुका कुनै व्यक्ति जाति, समुदाय, आस्था, धर्म, राजनीतिक पार्टी वा जिउँदो–मृत व्यक्तिको भावनामा चोट पुर्याउने वा अपमान गर्ने कुनै अभिप्राय थिएन। कास्ट र क्रु टिम सबैको भावनाको सम्मान गर्दै बिना शर्त माफी माग्छौं,’ उनले भनेका छन्।

 

सिरिजका केहि सिनको बारेमा आपत्ति जनाइएको छ । सोमबार भारतको उत्तरप्रदेशमा सिरिजको विरुद्ध प्रहरीमा उजुरी समेत गरिएको छ । उजुरीमा सिरिजले हिन्दुको भावनामा ठेस पुर्याइएको उल्लेख छ ।

सिरिजमा अभिनेता जिशान अय्युबको एक सिनमा आपत्ति जनाइएको छ ।

ताण्डब एक पोलिटिकल थ्रिलर वेबसिरिज हो, जसलाइृ अलि जब्बास जफरले निर्देशन गरेका छन्। सिरिज जनवरी १५ मा अमेजन प्राइममा रिलिज भएको छ । यसमा सैफ अलि खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अय्युब, सुनील ग्रोवर, गौहर खान, तिग्मांसु धुलियालगायतको अभिनय छ।

ताण्डव सुरु भएदेखि नै विवादमा आएको थियो। यसको सुरुआत सामाजिक सञ्जालबाट भएको थियो। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पहिलो एपिसोडमा भगवान शिव र रामलाई लिएर आपत्तिजनक संवाद देखाएको भन्दै आपत्ति जनाएका थिए।

ताण्डवले हिन्दू धर्मावलम्बीलाई आहत पुर्याएको भन्दै नेतादेखि जनताले सम्म सडकमा आन्दोलन गरेका थिए ।

सिरिजलाई लिएर विवाद यसरी बढ्यो कि यसको असर राजनीतिमा पनि देखियो। ताण्डवको विषयमा सूचना तथा प्रसारण मन्त्रालयले आइतबार अमेजन प्राइमका अधिकारीहरुलाई पनि नोटिस पठाएको थियो।