टीकाको ‘माया लुकी लुकी’ले कमायो १० करोड भ्युज

गायिका टीका प्रसाईंले २ वर्ष अघि बजारमा ल्याएको गीत ‘माया लुकी लुकी’ले १० करोड भन्दा बढि दर्शक पाएको छ। अहिलसम्मकै सर्वाधिक भ्युज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्येको हो।

अहिले समाचार तयारपर्दासम्म गीतले १० करोड १ लाख भन्दा वढी दर्शक पाएको छ। आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतलाई एरेन्ज पनि अविरल नै गरेका छन्। भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पाद रहेको छ । अहिलेसम्म ४ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी टीकाको ‘नाइ मलाइ थाहा छैन’, ‘सेल्फीको जमाना’, ‘चट्ट सलाम’, ‘एउटा कुरा भनौं’ लगायत थुप्रै गीतलेले दर्शकको मन जितेको छ।