प्रचण्डले इमेजमा कार्यक्रम चलाउने

हास्य कलाकार घनश्याम गौतम (नक्कल प्रचण्ड) ले हास्य व्यंग्यात्मक शैलीको (कमेडी) कार्यक्रम दर्शकमाझ ल्याउने तयारीमा रहेका छन् । उनले इमेज टेलिभिजनमार्फत भिन्न खाल्को कमेडी शो ल्याउन लागेको बताए। घनश्यामले ‘नेता निवास’ शीर्षकको कार्यक्रम ल्याउन लागेको बताएका छन्।

उनले ल्याउन लागेको कमेडी कार्यक्रममा नेताहरुका कमी–कमजोरी र अकर्मण्यतालाई हाँस्यब्यङ्ग्य मार्फत दर्शकलाई मनोरञ्जन तथा सन्देश दिने बताए। ईमेज च्यानल टेलिभिजनमार्फत प्रसारण हुने यो कमेडी शो नेता निवास हरेक सोमबार राति ८ः३० बजेदेखि प्रशारण हुने पनि जानकारी गराए । उनलाई कलाकार सुरेश तिमल्सिना निर्देशन सहयोग गर्नेछन् भने लेखन तथा निर्देशन कलाकार घनश्याम गौतमले गर्नेछन् ।