दीपकको संगीतमा गाउने भए दृष्टि विहिन गायक धिरेन्द्रले

- मेराेफिल्म

मोरङका धिरेन्द्र बिक गायनमा आउन लागेका छन्। ३ बर्षको उमेर जन्डिसले थलिए बिकले आर्थिक अवस्था कमजोर भएका कारण समयमा उपचार नपाएपछी जन्डिस विग्रिएपछि उनको दुवै आखा गुम्यो।

दुवै आँखा गुमाएका बिक गायनमा सौखिन रहेका छन्। सानैदेखि एक्लै गुनगुनाउने गाउने गरेका थिए। उनले देशब्यापी अपाङ्गहरुको गायन प्रतिस्पर्धामा डिजेबल स्टारमा दोस्रो स्थान हात पारेका थिए।

रेडियो बन्यो अवसर

बिकले झापा दमकमा रहेको पाथीभरा एफएमको कार्यक्रम ‘खुल्ला मञ्च’ बाट गीत रेकर्ड गराउने अवसर जुटेको छ। रेडियो कार्यक्रमका प्रस्तोता सङीतकार दीपक ओलीले उनलाई गायनमा सहयोग गर्ने भएका छन्। संगीतकार ओलीले भने,‘नयाँ प्रतिभालाई सधैं मौका दिनु पर्छ भन्ने मेरो उदेश्य हो।

‘खुल्ला मञ्च’ कार्यक्रमका उहाँलाई ल्याएर गीत गाउन लगाए। उहाँको गायन मन पर्यो र एउटा गीत रेकर्ड गराउने अवसर प्रदान गर्दैछु।’ फाट्फुट् केहि भजनहरु गाएका बिकलाई अहिले ओलीले गायनमा साथ दिएका छन । उनले अहिले आफ्नै खर्चमा बिकको स्वरमा एउटा गीत रेकर्ड गराउँदैछन।

२०७७ माघ ७ गते १०:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *