प्रेमगीत ३ छाडेका हमाल सत्यम् गर्न किन कस्सिए ?


राजेश हमालको कुरा वुझ्न सकिन्छ र भनेर भनौ । गाह्रो छ नी हमालको कुरा वुझ्न । समस्या नी खुबै । रिजर्भ बस्ने भएपछि हमालको कुरा वुझेर वुझ्न नसकिने छ भनेर भन्ने त होनी ।

राजेश हमालले बागमती, शकुन्तला फिल्म चल्छ भनेर आशा गरे । तर, फिल्म चलेन । निराश भए । फिल्म नै खेल्दिन जस्तो गरेका हुन् भनेर भनौ । प्रेमगीत ३ मा अहिले शिव श्रेष्ठले गरेको भूमिका उनका लागि अफर गयो । भेटघाट भयो । गर्छन् कि जस्तो पनि गरे । तर, फेरि गरेनन् ।

फिल्म निर्देशन नै गर्छु भनेर पनि भने । तर, पनि गरेका छैनन् । तर, फ्याट्ट उनले फिल्म सत्यम् खेल्ने भएका छन् । शंकर कार्की हुन् निर्देशक । राजेश हमालले सत्यम् किन खेल्न आटे भनेर भनौ । उनले किन खेले फिल्म बनेर चलेपछि भन्न सकिने कुरा भयो । तर, प्रेमगीत ३ नखेलेर सत्यम् खेल्नुको कारण केही त होला नी ? फिल्ममा अनुपविक्रम शाही भिलेन हुनेछन् ।