सलमान खानको एक बोलीले बलिउडमा हलचल

बलिउड अभिनेता सलमान खानको एक बोलीले हलवालालाई आशाको किरण जगाएको छ। उनी अभिनित फिल्म ‘राधे’ डिजिटल प्लेटफर्मबाट रिलिज हुने हल्ला चलिरहेको बेला सलमानले हलमा नै फिल्म लगाउन आग्रह गरे पछि आशाको दियो जागेको हो। कोरोना महामारीपछि हलवालाको नाजुक अवस्थालाई हल गर्नको लागि ‘राधे’लाई हलमा लगाउन आग्रह गरेका छन्।

जी कम्पनीलाई बेचेका सलमानले फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने भय प्रदर्शकलाई लागेको थियो । उनले आफ्नो भनाई परिवर्तन गर्दै सलमान खानले चलचित्रलाई हलमै फिल्म रिलिज गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन,‘हल संचालकहरुलाई जवाफ दिन केही समय लागेकोमा म क्षमा चाहन्छु ।

यो समयमा हामीले एउटा ठूलो फैसला गरेका छौ । आर्थिक समस्याबाट जुधिरहेका प्रदर्शक तथा वितरकको समस्या मैले वुझेको छु । राधे हेर्न आउने दर्शकहरुका लागि प्रदर्शकले सावधानी अपनाउनेछन् भन्ने अपेक्षा गरेको छु । मेरो प्रतिवद्धता इदको हो र यो इद सन् २०२१ को हो । यो बर्ष चलचित्र भवनमा राधेको आनन्द लिनुहोस् ।’

कोरोना महामारीमा एक वर्षदेखि घाम तापेर समय गुजारेका फिल्महलवालालाई राहत मिलेको छ। प्रभु देवाले निर्देशन गरेको राधे फिल्ममा सलमानको साथमा दिशा पटानीको मुख्य भूमिका छ।