पोखरामा आफैसँग दंग उपासना


करिअर त करिअर नै हो जता भएनी । करिअर चम्केपछि लाग्ने हो र के । उपासना सिंह ठकुरीको करिअर यही त हो । चम्किएको छ बेस्सरी । फिल्म डिसेम्बर फल्समको सुटिङ हुँदैछ । उनी छिन् पोखरामा । पोखराको लेक साइड पुगेपछि सधै गर्मी हुन्छ भन्छन् । उपासनालाई पनि यस्तै भयो होला ।

उनले आफ्नै फोटो आफैले खिचिन्, राखेकी छिन् इन्स्टाग्राममा । उपासना हट देखिएकी छिन् । उनको अरु बेलामा आएको होइन यस्तो फोटो । फिल्ममा उनी आर्यन सिग्देलको प्रेमिका हुँदैछिन् । तर, उमेरको छ अन्तर । कस्तो देखिएला जोडी भनेर कौतुहल सबै ।

उनलाई फिल्म सत्यम्को पनि अफर छ । यो फिल्ममा राजेश हमाल, अनुप विक्रम शाहीले काम गर्दैछन् । सत्यम् फिल्मका लागि उनी मौखिक रुपमा तयार ।

भनेपछि के वुझ्न पर्यो भनेर भन्दा उपासनाको माग रहेछ भयंकर । उनलाई लिएर फिल्म बनाए चलिहाल्छ भन्ने वुझाई आउन थालेको हो फिल्म बनाउनेमा भनेर वुझौ । अनी, उनले खिचेको फोटो जस्तै उनको करिअर नबलेर कसेको बल्ने त ?