अस्ताए गायक धुव्र केसी

लोकप्रिय गायक धुव्र केसीको निधन भएको छ । उनको भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहिबार साँझ पौने ५ बजे निधन भएको हो । लामो समय देखि नेपाली संगीतको क्षेत्रमा सक्रिय केसी चर्चित आधुनिक गायक हुन् ।

उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘तिम्रो माया कागजको’ जस्ता चर्चित गीतमा स्वर दिएका थिए। वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जन्मिएका थिए। उनी केसी परिवारका जेठो छोरा हुन्। उनको परिवारमा तीन छोरी रहेका छन् । गायक अभिनेता भुवन केसीका काका हुन् ।