करिष्माले शिबसँग किन चित्त दुखाइन ?

नेपाल अभिनेत्रीमा सुन्दर अभिनेत्रीको उपमा पाएकी करिश्मा मानन्धरको नेपाली दर्शकमाझ लामो समयपछि पनि क्रेज उस्तै छ ।

उनै अभिनेत्रीकी छोरी कविता मानन्धर र अभिनेता शिब श्रेष्ठका छोरा शक्ती श्रेष्ठले एकै पटक फिल्ममा डेब्यु गरे, ‘यस्तो एउटा प्रेम कहानी ’मार्फत । फिल्म माघ १ गतेबाट फिल्म हलमा लाग्यो तर चलेन। फिल्म हलमा नचल्नुको कारण धेरै रहेका छन्।

कलाकारको चित्त दुखाई

फिल्ममा स्क्रिप्ट अनुसार दृश्य नै खिचिएको छैन। अभिनय गर्ने कलाकारको भ्वाइस डबिङ गरिएको छैन । फिल्म चल्नुभन्दा अगाडी कलाकार बर्षा राउतले दुखेको पोखेको कुरा हो यो। बर्षा पनि फिल्मकी मुख्य अभिनेत्रीका रुपमा रहेकी छन्। उनले यो फिल्मको प्रचार प्रसारमा नबोलाएको र फिल्मको छायांकन पुरा नगरेको गुनासो गर्दै आएकी थिइन।

उनले मात्रै होइन अहिले अभिनेत्री करिष्मा मानन्धरले पनि फिल्मबाटे असन्तुष्टि पोखेकी छन्। करिश्माले असन्तुष्टी जनाउँदै सामाजिक संजालमा यसको शिर्ष गीत शेयर गर्दैै लेखेकी छन्,‘अरुलाई दोष दिएर महत्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।’