‘चल्यो मायाको बतास’मा दीलिप र अशिष्माको डान्स

गायिका डा. रानी शाक्य र प्रमोद खरेलसंगको सहकार्यमा युगल गीत ‘चल्यो मायाको बतास’सार्वजनिक भएको छ। गीतको भिडियोलाई गायिकाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

डान्सिङ शैलीको यस गीतमा अभिनेता दीलिप रायमाझी र अशिष्मा नकर्मीको दमदार नृत्य र अभिनय हेर्न सकिने छ । म्युजिक भिडियोमा दुवैको जोडीलाई सुहाएको छ।  यस गीतमा हरी उप्रेतीको शब्द र विकाश चौधरीको संगीत रहेको छ । म्युजिक भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेश बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ । गीतको भिडियोलाई निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन्।

हाल अमेरिकाको मेरिल्याण्डमा बस्दै आएकी गायिका शाक्यले केहि दिन अगाडी मात्रै १० वटा गीतहरु समाबेश आफ्नो सांगीतिक एल्वम ‘ऐना’ (ब्भलब) लोकार्पण गरेकी थिइन। अहिलेसम्म शाक्यले चार दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याइसकेकी छन् ।गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै फिल्मका गीतमा पनि स्वर दिइसकेकी छन्।

सांगीतिक एल्वम ’ऐना’को ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट अवाडी हात पारेकी छन्। त्यस्तै गायिका शाक्यले गत पुष १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी थिइन् ।