‘गणपति’को छायाँकन सुरु

अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘गणपति’ को छायाँकन सुरु भएको छ । बिहीबार तनहुको बन्दीपुर गाउँपालिका थारुबासबाट फिल्मको छायाँकन सुरु गरिएको हो । फिल्मका निर्देशक सविन अधिकारी हुन् ।

फिल्मको छायांकनका लागि निर्माण टिम बुधवार राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो । गाउँले परिवेशमा खिचिने फिल्मको आधिकांश छायाँकन तनहुँको बन्दीपुरमा नै हुने निर्देशक अधिकारीले बताए । अधिकारीकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माताको रुपमा रहेका छन् ।

मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशिल पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय फिल्ममा रहनेछ । भगवान र मानिस बीचको भिन्नता देखाउन खोजिएको फिल्ममा हरिबहादुर घलेको छायाँकन, विक्रम स्वारको कोरियोग्राफी रहनेछ । गोविन्द शाहीको वितरण रहने फिल्म फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ ।