राहुलसँग ‘झम्के माया’ भन्दै नाचिन् स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्का मोडल तथा कोरियोग्राफर राहुल शाहसँग ‘झम्के माया’ भन्दै नाँचेकी छिन् । गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वर, एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीतमा तयार भएको ‘झम्के माया’मा स्वस्तिमा र राहुलको नृत्य हेर्न सकिन्छ ।

भिडियोमा नायिका स्वस्तिमा खड्काले उत्कृष्ट नृत्य गरेकी छिन् । दर्शक नचाउने खालको गीत सार्वजनिक गर्न सिपालु मानिएका समिरले यसपटक पनि दर्शकलाई ‘झम्के माया’बाट नचाउने आशा राखेका छन् ।

भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।