शाहरुखको फिल्म ‘पठान’ सेटमा झगडा : असिस्टेन्टले डाइरेक्टरलाई हाने थप्पड

शाहरुख खान स्टारर अपकिमङ फिल्म पठान को सेटमा एक असिस्टेन्ट डाइरेक्टरले डाइरेक्टर सिद्धार्थ आनन्दलाई थप्पड हानेका छन् ।

शाहरुखको फिल्म ‘पठान’ केही समयदेखि चर्चामा रहेको छ । फिल्मकोे सुर्टिङको क्रममा झडप भएको खबर बाहिर आएको छ । समाचार अनुसार, फिल्मका निर्देशक सिद्वार्थ आनन्दलाई असिस्टेन्ट निर्देशकले थप्पड हानेका छन् । निर्देशक आनन्दको कुरा नमानेपछि विवाद सुरु भई कुटपिटसम्म पुगेको एक स्रोतले जनाएको छ ।

सुर्टिङ हुँदा हुँदै एक्कासी कुटाकुट भएपछि सेटमा भएका सबैजना दंग परिरहेका थिए । रिपोर्ट अनुसार आनन्द सुर्टिङको क्रममा धेरै रिसाएका थिए । आनन्द एक असिस्टेन्टको कामदेखि खुशी थिएनन् । उनले शुर्टिङको समयमा कसैले फोनको प्रयोग नगरुन भन्ने चाहान्थे । तर असिस्टेन्टले उनको कुरालाई ध्यान नै दिएका थिएनन् । यसपछि आनन्द र असिस्टेन्टबीच ठुलो स्वरमा भनाभन भएको थियो ।

भनाभनबाट सुरु भएको विवाद कटपिटमा पुगेर रोकिएको थियो । असिस्टेन्टले लगातार आनन्दमाथि नराम्रा आरोप लगाएका थिए । आफुमाथि विभिन्न आरोप लगाएपछि आनन्द उठेर असिस्टेन्टमाथि झापड हाने । असिस्टेन्टले पनि तुरुन्तै आनन्दलाई झापड हानेर जवाफ फर्काएका थिए ।

घटनापछि एक दिनका लागि सुटिङ रोकिएको पनि जानकारी दिइएको छ । यस्तै सहायक निर्देशकलाई कामबाट निकालिएको छ । फिल्ममा दीपिका पादुकोण र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छ । यो फिल्ममार्फत् शाहरुख करिब ३ वर्षपछि ठूलो पर्दामा फिर्ता हुँदैछन् । यो दिवालीमा रिलिज हुने अनुमान गरिएको छ ।