प्रमोदको आवाजमा नयाँ गीत ‘दोष’ सार्वजनिक

गायक प्रमोद खरेलको आवाजमा ‘दोष’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा धर्मेन्द्र तिम्सिना क्षितिजको शब्द तथा रोशन सिंहको संगीत छ। गीतको भिडियोमा मोडल सनम कठायतको अभिनय छ। भिडियोमा सनमसँगै अस्मिता पन्त, शंकर कोइराला र आवृति कोइरालाको समेत अभिनय रहेको छ ।

विकाश दाहालको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल कठायतको छ। गीतको निर्देशन अन्जन शर्माले गरेका छन्। म्युजिक भिडियो चितवन क्षेत्रमा छायांकन गरिएको हो भने एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ।