बलिउड अभिनेता अक्षयकुमारको डरलाग्दो लुक्स

- मेराेफिल्म

बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘बच्चन पाण्डे’को कारणले चर्चामा छन् । अहिले फिल्मको पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरकासाथ निर्माण युनिटले २६ जनवरी २०२२ लाई प्रदर्शन मितिको रुपमा समेत सार्वजनिक गरेको छ ।

पोस्टरमा अक्षय डरलाग्दो लुक्समा देखिएका छन् । पोस्टरको तस्बिरमा अक्षयलाई दारी, चन्की चेन र नक्कली आँखाको साथ नयाँ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन् ‘एक लुक्सनै काफी छ । बच्चन पाण्डे २६ जनवरी २०२२ मा रिलिज ।
अक्षयकुमारको अलवा फिल्ममा कृति, सैनन, ज्याकलिन फर्नाडिस र अरशद वारसीको पनि मुख्य भुमिका रहेको छ ।

कृति सैननकासाथ अक्षयले फिल्मको सुटिङ गत बुधबार गरेका थिए । फिल्मको सुटिङ मार्चसम्म चल्नेछ । यसको अलवा अक्षयको साथ कयौ ठुला प्रोजेट पनि छन् । जसमा ‘बेल बटम’, ‘रक्षा बन्धन’, ‘राम सेतु’लगायत रहेका छन् ।

२०७७ माघ ११ गते ९:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *