राजेश हमालको फिल्मकालागी अडीसन कल का साथै ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनीक

 

अभिनेता राजेश हमालको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ ।

नायक राजेश हमालले ४ बर्षको विश्रामपछि काम गर्न लागेको फिल्म ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यमः राईजिङ अफ दि हिरोज’ लेख्दै फिल्मको शीर्षकलाई परिभाषित पनि गरिएको छ ।

फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । फिल्मको शीर्ष चरित्रमा हमाल देखिनेछन् भने खलपात्रको रुपमा अनुपको उपस्थिति हुनेछ । यो फिल्ममा नायक अनुप विक्रम शाही पनि फाइनल भैसकेका छन् ।

फिल्मका निर्देशक शंकर कार्कीले अनुपको चरित्रको लुक्ससहित छिट्टै पोस्टर सार्वजनिक गरिने बताए । फिल्मका निर्माता रेशम सापकोटाका अनुसार फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको पनि अभिनय रहनेछ । टुडी प्रविधिमा निर्माण हुने फिल्ममा अभिनय गर्न अभिनेता हमाल आठ महिनापछि सहमत भएका थिए । यसअघि फिल्म ‘सौर्य’मा राजेश र अनुप एकसाथ देखिएका थिए ।

फिल्मका लागि चार जना मुख्य चरित्र अभिनेता, दुई जना मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, दुई सहायक कलाकार पुरुष र दुई सहायक महिला कलाकार, दुई जना बाल कलाकार र छोटो भूमिकाका लागि ५ जना कलाकारको अडिसन हुने बताइएको छ । रेशम सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रुपमा श्याम मल्ल र गणेश पौडेल छन् ।

निर्माण पक्षले अडिसनबाट दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकार छनोट गर्नेछ । उनीहरुबाहेक अन्य २२ कलाकारहरु पनि छानिनेछन् । अडिसन काठमाडौंमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।

रेशम सापकोटाको लेखन रहेको फिल्ममा एशोसएट निर्माता श्याम मल्ल र गणेश पौडेल छन् । रेशम गौतम र कृष्ण अधिकारी सहनिर्माता रहेको फिल्ममा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत, विदुर पाण्डे ‘नवीन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व हुनेछ ।