मोडल जाङ्मु शेर्पासँग विहेमा यस्ता देखिए मुख्यमन्त्री (फोटो फिचर)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् । उनको वैवाहिक समारोह आज राजधानीको एक पार्टी प्यालेसमा जारी छ ।

मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् । मिडियालाई प्रवेश दिइएको छैन ।

आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए ।

विवाहपछि आजै बेलुकी रिसेप्सन आयोजना गरिँदै छ । रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायत भीआइपीहरुलाई पनि निम्ता छ ।