बेनिशाको पिरतीको छाता


अभिनेत्री बेनिशा हमाल । उनको फिल्म नआएको कती भयो । अब त उनले नै विर्सन थालिन् कि । फिल्म आउँदा पनि उनलाई दर्शकले संझिएका त होइनन् । ब्लाइन्ड रक्स र झ्यानाकुटीबाट केही भाको हो उनको । नत्र त उनी चलेकी होइनन् ।

भाडाकुटी फिल्म गर्दैछिन् बेनिशा । फिल्म सुरु कहिले हो खै । मुकुन भुषाल हुन् जोडी । मुकुन भुषाल गणपति तिर लागेका छन् अनी कसरी भाडाकुटी सुरु हुने भनेर भनौ ।

बेनिशा हमाल रंगिएकी छिन् दुनियाँमा आफ्नै । फिल्म नभएपनि केही छैन । आफ्नो जिन्दगी त घुमेकै छ ।

प्रेममा पनि छिन् उनी । रौनक विक्रम कँडेलको प्रेम । निर्माता कँडेलले कबड्डी बनाएका हुन् । बेनिशालाइ भने पिरतीको छाता ओडाउन मन लागेछ । नलागोस् पनि किन । प्रेममा भएपछि पिरतीको छाता त ओडाउन मन लागिहाल्छ ।
दर्शकलाई फिल्मको छाता ओडाउन पर्यो के अब भनेर भनौ । नत्र त दर्शकले विर्सेलान् ।