प्रज्ञा सलमान खानकी नयाँ प्रेमिका !

- मेराेफिल्म

सुटिङ भइरहेको भारतीय फिल्म ‘अंतिम: द फाइनल ट्रूथ’मा साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवाल सलमान खानको प्रेमिका बनेकी छिन्।

साउथ इन्डियन धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।

भारतीय सञ्‍चारमाध्यमहरूले बताएअनुसार उक्त फिल्म खान र आयुष शर्माले बनाउन लागेका हुन्।

सुटिङ भइरहेको फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

२०७७ माघ ११ गते १५:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *