पुप्प र साम्राज्ञीलाई छायांकन स्थलमा बडिगाड : फिल्म निर्माण टिम भन्छ, भिडभाड बढ्यो

बडिगाड सहित उपत्यकामा धमाधम अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन भइरहेको छ । फिल्मको राजधानीका विभिन्न स्थानमा छायाँकन भैरहेको छ। यस फिल्ममा साम्राज्ञी, पुष्पका अलवा सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको रहेको छ।

फिल्मको छायांकन स्थलमा अहिले निर्माण युनिटले बडिगाड परिचालन गरेको दृश्य बाहिरिएको छ। छायाँकन स्थलम धेरै हुलमुल हुनेभएकाले निर्माण युनिटले छायाँकन बडीगार्ड राखेको बुझिएको छ। चल्तिका कलाकार फिल्ममा भएका कारण सर्वसाधारणको भिड लागेको हुनाले नियन्त्रण गर्न बडिगाड प्रयोग गरिएको हो। फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरिरहेका छन्।

फिल्म निर्माण युनिटले फिल्मको ६० प्रतिशत छायाँकन सकिएको जानकारी दिएको छ । राजधानीपछि अन्य फिल्मको दृश्यका लागि पोखरा र अमेरिकामा छायांकन गर्ने निर्माण युनिटको तयारी छ। प्रेमकथाको बिषयबस्तु उठाइएको छ। आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा सबिर श्रेष्ठको पटकथा र सम्बाद रहेको छ । फिल्मको गीत निर्देशक आफैले लेखेका छन्।

बडिगाडको चर्चा

फिल्ममा बडिगार्ड राखेको सम्भव त पहिलो पटक भने होइन । नेपाली फिल्ममा चर्चाका लागि पनि बडिगाड राख्ने गरेका छन् भने कतिले त लिएर नै हिड्ने गरेका छन्। त्यस कारण नेपाली फिल्मका लागि बडिगाड प्रयोग गरिएमा यो नौलो कुरा भने होइन ।  अभिनेता अनमोल केसी देखि लिएर अन्य कलाकारहरु फिल्मको प्रिमिएरमा बडिगार्ड सहित हिड्ने गरेका थिए।

उनीहरु हलमा फिल्म चलाउनका लागि पनि कलाकार फ्यान बटुुल्न गरिने फण्डा रहेका थिए। बडिगाड राख्दा कलाकारको लोकप्रिय देखाउन पनि बडिगाड लिएर हिड्ने गरेका छन् । तर, ‘फिल्म ‘तिम्रो मेरो साथ’को छायांकनमा सर्वसाधारणबाट चलेको कलाकार देखेपछि तस्विर खिचाउनेको लर्को लागेपछि बाध्यताले छायाँकनस्थलमा बडिगाड राख्नुपरेको हो।