चलचित्र द्वन्द संघको नयाँ नेतृत्वमा नारायण प्रधान

- मेराेफिल्म

द्वन्द कलाकार तथा निर्देशकहरूको छाता संस्था नेपाल चलचित्र द्वन्द संघको नयाँ नेतृत्वमा नारायण प्रधान छानिएका छन्। वार्षिक साधारण सभा तथा अधिवेशनबाट प्रधानलाई सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको नेतृत्वमा छानिएको हो ।

यसमा प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध चयन भएका छन् । यस्तै, केन्द्रीय सदस्यतर्फ दिलीप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल, रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा छानिएका छन् ।

२०७७ माघ १२ गते ८:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *